समाचार

मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु 



काठमाडौँ, ७ साउन । दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी स्थानीय १० वर्षीया  स्वस्तिका चौधरीको मृत्यु भएको हो । 

स्वस्तिका आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो। उनी स्थानीय चन्द्रप्रसाद चौधरीकी छोरी हुन् । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार आइतबार बेलुका करिब पौने आठ बजेतिर बाटो काट्दै गरेकी स्वस्तिमालाई लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते तुल्याएको थिय। मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो । 

गम्भीर घाइते बालिकालाई उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको भुसालले बताए । ठक्कर दिने मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका  २९ वर्षीय अपिल शर्मा पनि घाइते छन् ।