राजनीति

माओवादी पहिलोपल्ट सत्ताबाहिर



सुर्खेत, ८ साउन । आफ्नो प्रभाव क्षेत्र मानेको कर्णालीमा माओवादी केन्द्र पहिलोपल्ट प्रतिपक्षमा पुगेको छ ।

केन्द्रमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे ६ वर्षमा कर्णालीमा माओवादीबाट २ जना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका छन् ।

माओवादीबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार राजीनामा बुझाएर सरकारबाट समर्थन फिर्ता लिएका छन् ।