काठमाडौँ, ८ साउन । होटल संघ नेपाल (हान) ले विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
हानका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको प्रतिनिधि टोलीले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएर पर्यटक आगमन बढाउन माग गरेको हो ।
भेटमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनी लगायतका राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्