काठमाण्डौ, ८ साउन । नेपाल विद्युत् प्राधिकरणले विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिदिने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले ती उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको हो ।
डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महसुल वक्यौता असुल गर्ने सम्बन्धमा प्राधिकरण र उद्योगबीच विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा काटिएको विद्युत्को लाइन जोड्न निर्देशन दिएका थिए ।
प्राधिकरणले उद्योगहरूलाई आगामी तीन महिनाभित्र वक्यौता तिर्न समय थपेको छ । ‘तीन महिनाभित्र उद्योगीहरूको वक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने,’ निर्णयमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्