काठमाडौँ, ९ साउन । काठमाडौँ उपत्यकामा हैजाको जोखिम देखिएको छ ।
हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएको छ । ती किशोरमा संक्रमण पुष्टि भएसँगै काठमाडौँ उपत्यकामा हैजाको जोखिम देखिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।
त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्