राजनीति

प्रचण्डले भने – सुशासनको पक्षमा काम गर्दा सरकार ढल्यो



काठमाण्डौ, ९ असार । नेकपा (माओवादी केन्द्र )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको टिप्पणी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा प्रचण्डले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरूको पक्षमा काम गर्दा सरकार ढालेको दाबी गरे ।

ुमुख्य रूपमा सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलोपटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा वर्ग, तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्वहरू तिनीहरूको लागि त्यो सह्य भएन,ु प्रचण्डले भने, ुसुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका वा सामाजिक न्यायको पक्षमा खेलिरहेको भूमिका, समृद्धि, अर्थतन्त्रमा सुधारको निम्ति खेलिरहेको भुमिका सह्य भएन ।

युवालाई सामाजिक सुरक्षामा आबद्ध गर्ने र उनीहरूका हक हितको पक्षमा केही महत्त्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको प्रचण्डको भनाइ छ । विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएकाले विचौलियकै पक्षमा सरकारले काम गर्ने दाबी गरे ।

ुविचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइयो । उनीहरूको हितमा नै यसले काम गर्दछ । हामी सरकार छोड्दा पनि तपाईंहरूले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रूपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्न सक्ने कुराहरू गर्दागर्दा विजेताको रूपमा बाहिर आयौँ,ु प्रचण्डले भने, ुजो सरकारमा गएका छन्, उनीहरू पराजित मानसिकतामा छन् । उनीहरू रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ ।ु

पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको प्रचण्डको भनाइ छ । प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकताबद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरूको मुख्य लक्ष्य रहेको प्रचण्डको भनाइ छ ।

ुआमजनताले पनि यो भ्रष्टाचारीलाई सरकारले कारबाही गर्दै गरेर दुई जना पछिल्लो चरणमा गिरफ्तार भएपछि नै यो सरकार बनेको भन्ने कुरा जनताले बुझेको छ,ु प्रचण्डले भने, ुहाम्रो लागि राम्रो आधार बनेको छ, जनतामा जाने । त्यसलाई संगठनमा बदल्नु छ ।’

आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको प्रचण्डको भनाइ छ । आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भुटानी शरणार्थी कुनै पनि भ्रष्टाचारका प्रकरणमा आफूहरू नमुछिएको उनले बताए ।
पार्टीलाई अझ उचाइमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने प्रचण्डको भनाइ छ । जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको उनले बताए ।