Banner News

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक



काठमाडौँ, १० साउन । विशेषगरी उद्योगी एवम् व्यवसायीहरूले चासोका साथ हेरिएको मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी थालिएको छ ।  यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरी नेपाल राष्ट्र बैंकले तयारी थालेको हो ।

मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको  तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पुरा गर्ने जनाइएको छ । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।