काठमाडौँ, ११ साउन । नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सकारात्मक पहलमा नेपालको कार्यकारी पदमा महिलाको नेतृत्व पुगेकोमा खुसी लागेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले आफ्नो पहलमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधिश शुसिला कार्की, पहिलो महिला सभामुख ओनसरी घर्ती तथा पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तैला हुनुभएकोमा चारै जनाको संयोग नै आफ्नो पहलमा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले चारै जनाको तस्विर राख्दै भन्नुभएको छ, ‘सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें। आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ ।’











प्रतिक्रिया दिनुहोस्