समाचार

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण



चितवन, १२ साउन । तीन सय जनाको परीक्षणका क्रममा चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।

यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।