समाचार

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो



काठमाडौँ, १२ साउन । नेपाल विद्युत् प्राधिकरणको झापा अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । 

केन्द्रका प्रमुख सञ्जीवकुमार साहका अनुसार वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको हो । योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ ।

उन अनुसार विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना रु छ करोड ७० लाख २८ हजार चार सय १२ थियो । एक हजार एक सय ३६ ग्राहकबाट रु तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ । बक्यौता बुझाउन बाँकी ३४ ग्र्राहकसँग प्राधिकरणले रु दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ असुली गर्न बाँकी छ । अनारमनी वितरण केन्द्रका दुई सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट रु एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ ।