राजनीति

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै



काठमाडौँ, १३ साउन । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ ।

आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ । केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।