काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने घोषणा गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’










प्रतिक्रिया दिनुहोस्