मनोरञ्जन

टिकटकविरुद्ध नयाँ मुद्दा दायर



काठमाडौँ, १९ साउन । अमेरिकी सरकारले टिकटकविरुद्ध नयाँ मुद्दा दायर गरेको छ ।

सामाजिक सञ्जाल कम्पनीले गैरकानुनी रूपमा बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा प्रतिक्रिया दिन असफल भएको आरोप लगाएको छ ।

कम्पनीको अभ्यासहरूले बालबालिकाको गोपनीयतामा ‘व्यापक’ आक्रमण गरेको अमेरिकी न्याय विभागले जनाएको छ । कम्पनीले १३ वर्षभन्दा कम उमेरका व्यक्तिहरूको लागि जानकारी सङ्कलन गर्न अभिभावकको सहमति लिन आवश्यक रहेको कानुनको अवहेलना गरेको विभागको भनाई छ ।

अधिकारीहरूले टिकटक र अभिभावक कम्पनी बाइटडान्सले पटक-पटक यस्तो अपराध दोहोर्‍याएको पनि बताएका छन् । सन् २०१९ मा पनि कम्पनीविरुद्ध यस्तै उजुरी आएको थियो । बीबीसी