समाचार

अटो दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २६ साउन । पर्सा जिल्लामा अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका-२० हरपतगंजस्थित सडकमा ना.१ ह ६८२९ नम्बरको अटो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा अटो चालक मुकेश साह कानुकी छोरी ३ वर्षीया बिटु कुमारी साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि तराई हस्पिटलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।