राजनीति

स्वास्थ्य मन्त्री थापालाई सूर्यविनायकका मेयरको शुभकामना



काठमाडौँ, २७ साउन । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले वागमती प्रदेशमा रहेका स्वास्थ्य संस्थाको विकासका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने कुरामा आफू निरन्तर प्रयासरत रहने वताएका छन ।

मन्त्री थापाले सो कुरा आज सूर्यविनायक नगरपालिकाले आयोजना गरेको वधाई तथा शभकामना कार्यक्रमा व्यक्त गरेका हुन । कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले – खास गरी भक्तपुर जिल्ला भित्र रहेका सबै सरकारी एवं निजी अस्पताल लगायतका स्वास्थ्य संस्थालाई व्यवस्थितरुपमा संचालन गर्नका लागि प्रदेश सरकारले गर्नु पर्ने हरेक प्रकारको सहयोगमा पहिलो प्राथमिकता हुने वताए । त्यसमा पनि सूर्यविनायक नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको संस्तथागत विकासको लागि आफूले सधै सहयोगी र रचनात्मक भूमिका खेल्ने जानकारी गराए । सूर्यविनायक नगर अस्पतालालाई अझै प्रभावकारी र आममनिसको लागि सर्वसुलभ स्वास्थ्यको पहूच पु¥याउन स्वास्थ्यमन्त्रीको ठाउँबाट खेल्नु पर्ने भूमिकामा अलिकति पनि कमी नहुने जानकारी उनले गराए ।

उनले भने –स्वास्थ्य सेवा पाउनु पर्ने जनताको पहिलो र नैसिर्गिक अधिकार नै भएको वताउँदै त्यो यस प्रदेशका जनतालाई कसरी सहज स्वास्थ्यको सेवा दिलाउन सकिन्छ भन्ने विषयमा आफू स्वाथ्यकर्मी र विज्ञहरुसंग छलफलमा रहेको वताए । कार्यक्रममा उनले थपे– सबै क्षेत्रका आम जनताले सरल तरिकाले स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न आफू लागि पर्ने भन्दै त्यसका लागि स्वास्थ्य क्षेत्रका जानकार साथीहरुलाई आफूलाई सुझाव र सल्लाह दिन आग्रह गरे । उनले – जनताले स्वास्थ्य सेवा पाउन कुनै पनि प्रकारका कठिनाई भोग्न नपरोस, सहज र सरल तरिकाले सेवा पाउन सकुन भन्ने लक्ष्यका साथ आफ्नो मन्त्रालयले काम गर्न थालिसकेको वताए । स्वास्थ्यको सेवा पाउन आममनिसले कठिनाई भोग्न परेको ,अहिले पनि स्वास्थ्य सेवा सामान्य जनताको पहूच भन्दा टाढा रहेको वास्तविकताबाट आफूलाई जानकार रहेको वताउँदै उनले भने– त्यो अस्थास्था कम गर्न आफ्नो पहिलो कर्तव्य हुने वताए ।

सिगो जिल्लाको प्रतिनिधित्व गर्दै आफू वागमती प्रदेशको मन्त्री भएकाले आफ्नो कामले सधै जिल्लाको शीरलार्इै उच्च ्राख्ने प्रत्यन गर्ने वताउँदै उनले थपे– सूर्यविनायकवासीको आफ्ना कामले शीर सधै उच्च राख्ने प्रतिवद्धता व्यक्त गर्दछु । कार्यकम्रमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले – नगरपालिका भित्रको स्वास्थ्य सेवामा आपसी सरसल्लाह गरेर नगरको स्वास्थ्य सेवालाई आउने दिनमा अझै बढी प्रभावकारी मन्त्री थापाको सहयोगले हुने वताए । हिजो जस्तै आउने दिनमा पनि आपसी सहकार्य गरेर नगरको समग्र विकासमा हामी अघि बढ्ने मेयर थापाले आफ्नो कार्यकक्षमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा जानकारी गराए ।