काठमाडौँ, २८ साउन । भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिस्री सिंहलाई भेट्न सोमबार बिहान सिंहदरबार पुगेका हुन् ।
भेटमा दुई देशबिचको सम्बन्ध, विकास सहकार्य लगायत विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायत मन्त्रालयका अधिकारीहरु उपस्थित रहेका थिए ।
यसअघि सचिव मिस्रीले आज बिहानै पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । साउने सोमबारको अवसर पारेर मिस्री पशुपति पुगेका थिए । उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए । त्यस्तै, उनलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्