काठमाडौँ, २९ साउन । पोखरामा स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको छ ।
विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने सुझाव दिएको हो ।
यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन, बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ । साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो ।
प्रतिक्रिया दिनुहोस्