काठमाण्डौ, २९ साउन । अमेरिकाले बंगलादेशमा शेख हसिनालाई सत्ताबाट हटाउन भूमिका खेलेको आरोप अस्वीकार गरेको छ ।अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसकी प्रेस सचिव करिन जीन पियरेले भनिन्, ‘यसमा हाम्रो कुनै संलग्नता छैन । बंगलादेशमा सत्ता फेरबदलमा अमेरिकाको भूमिका रहेको भनी आएका रिपोर्ट झुठा हुन् ।’
पछिल्लो विकल्प स्वयम् बंगलादेशी नागरिकले आफ्ना लागि चुनेको उनले बताइन् । ‘बंगलादेशी जनताले नै त्यहाँको सरकारको भविष्य निर्धारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जस्तो कि मैले भनेँ र भनिरहने छु, कुनै पनि आरोप सत्य होइन ।
बंगलादेशमा विद्यार्थीहरूले केही महिनायता आरक्षणविरुद्ध प्रदर्शन गरिरहेका थिए । पछि यही आन्दोलन सरकारविरोधी बनेपछि ५ अगस्टमा प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोड्नु परेको थियो । यसपछि बंगलादेशमा अन्तरिम सरकार बनेको छ ।
प्रतिक्रिया दिनुहोस्