काठमाडौँ, ३० साउन । स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले गृहकार्य थालेको छ ।
आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्वजनिक आह्वान गरेको छ । विभिन्न स्थानीय तहमा ३४ पद रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ ।
यस्तै २८ वडाध्यक्ष उपनिर्वाचनबाट चयन गर्नुपर्नेछ । रिक्त ती सबै पदका लागि उपनिर्वाचन गराउनुपर्ने विषयमा आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । आयोगका एक पदाधिकारीका अनुसार आगामी मसिंरमा उपनिर्वाचन गराउने गरी प्रधानमन्त्रीसँग छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्