राजनीति

मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै



धनगढी, ३० साउन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् ।

दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।