समाचार

बेलायत पठाउँछु भन्दै ठगी गर्ने पक्राउ



काठमाडौँ, ३० साउन । वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्रीलाई पक्राउ गरेको हो  छन् ।

आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट खुलेको छ । उनलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।