राजनीति

जसपा नेपालद्वारा चार महिने अभियानमा घोषणा



काठमाडौँ, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई चार महिने अभियानमा खटाएको छ ।

बुधबार सकिएको केन्द्रीय समितिको बैठकले पाँच लाख क्रियाशील सदस्य पुर्‍याउने लक्ष्यका साथ चार महिने जनअभियान घोषणा गरेको छ । हरेक केन्द्रीय सदस्यका लागि अभियान्ताका रुपमा खटाएको छ । मंसिर मसान्तसम्म चल्ने अभियानको ९ भदौमा पार्टी अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

‘घर तथा क्षेत्रपायक पर्ने गरी कार्यविभाजन गरिएको छ’ नेता मनिष सुमनले भने, ‘अभियानका क्रममा वडादेखि नै कमिटी गठन, पुनर्गठन हुनेछ । प्रशिक्षण गरेर पार्टीको नीतिबारे जानकारी गराइनेछ ।’