राजनीति

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन



काठमाडौँ, ३१ साउन । उच्च अदालत पाटनका  न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए ।  

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी बिदा दिइएको  पराजुलीले बताए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।