काठमाडौँ, ३१ साउन । आज सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार रकम हालसम्मकै उच्च हो । नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष (१५ भदौ २०७८) कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो ।
आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।
प्रतिक्रिया दिनुहोस्