राजनीति

भक्तपुरलाई स्वास्थ्य हब बनाउनुपर्छ : मन्त्री थापा



भक्तपुर, २ भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुरलाई स्वास्थ हब बनाउन सकिने बताउनु भएको छ ।

शनिबार प्रेस चौतारी नेपाल भक्तपुरले आयोजन गरेको सञ्चारकर्मीहरूसँगकाे भेटका क्रममा मन्त्री थापामगरले स्वास्थ्यमा आम पहुँच पुर्याउन आफू लागिरहेको बताउँदै भक्तपुर जिल्लालाई स्वास्थ्यकाे हब बनाउने याेजना रहेकाे बताउनुभयो । भक्तपुरमा उपचार गर्न आएका बिरामीले भक्तपुरमै गुणस्तरीय सेवा लिन सक्ने वातावरण बनाउने योजनाका साथ आफु अघि बढेको बताउनुभयो । उहाले भक्तपुरमा सञ्चालनमा रहेका अस्पतालहरूकाे स्तराेन्नति गरि विशेषज्ञ सेवाका लागि आफू लाग्ने बताए ।

मन्त्री थापाले भन्नुभयो, ‘भक्तपुरमा १७ वटा अस्पताल छन । यिनीहरुलाई ब्यवस्थित गर्नुपर्ने छ । जसले गर्दा काभ्रे, दोलखा, रामेछाप लगायतका जिल्लाबाट उपचार गर्न काठमाण्डौ जानु पर्दैन । भक्तपुरमा नै सबै रोगको उपचार गर्ने वातावरण निर्माण गर्नु पर्छ । म त्यसको लागि योजनाबद्द रूपमा काम गर्दै छू । औषधी बढ्दाे नसर्ने राेग र क्यान्सर, मुटुसम्बन्धी राेगकाे उपचारका लागि आर्थिक सहुलियत वृद्धि गरि अघि बढेकाे छ । भक्तपुरका अस्पतालबाट प्रदान गरिने सेवालाई एकरूपता दिन सेवाकाे समान दररेट कायम गराउने तयारी गरिरहेको छू । भक्तपुर स्वस्थ्य प्रतिष्ठान बनाउन पहल गर्छु । जहा भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपणलाई प्रतिष्ठानको माध्ममबाट चलाउन सकिन्छ । यसरी स्वस्थको क्षेत्र काम गर्दा भक्तपुरलाई स्वास्थ्यको हब बन्छ । मा त्यसमा लागेको छू ।’

भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न पहल गर्ने उल्लेख गर्दै मन्त्री थापाले भक्तपुरका अस्पतालबाट प्रदान गरिने सेवालाई एकरूपता दिन सेवाकाे समान दररेट कायम गराउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
बढ्दाे नसर्ने राेग र क्यान्सर, मुटुसम्बन्धी राेगकाे उपचारका लागि आर्थिक सहुलियत वृद्धि गरि अघि बढेकाे उल्लेख गर्दै मन्त्री थापाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य विधेयकलाई पूर्णता दिनका लागि आफू तदारुकताका साथ अघि बढ्ने प्रतिवद्दता जनाउनुभयो ।