काठमाडौँ, ४ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै गएको बताएका छन् ।
आज अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले राजस्वबाट संकलन हुने रकम सार्वजनिक ऋण तिर्नमा खर्च गर्नुपर्ने बाध्यता बढेको सुनाए । त्यसकारण लगानी गर्ने सरकारी खर्च कम हुँदै गएको उनले उल्लेख गरे ।
उनले नेपालमा जलवायु परिवर्तनको मुद्दा ज्वलन्त बन्दै गएको बताए । अन्तर्राष्ट्रिय फोरममा यस्ता मुद्दालाई स्थान दिइनुपर्नेमा उनले जोड दिए । उनले हाल नेपाल सरकार रोजगारीसहितको विकासका पक्षमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्