Banner News

स्वास्थ्य विमा पाँच लाख पुर्याउने तयारी गर्दैछौंः मन्त्री थापा



भक्तपुर, ८ भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री करिण थापाले आम नागरिकलाई स्वास्थ्यको पहुँचमा सहजै जोड्नको लागि स्वास्थ्य विमा रकम पाँचल खाल पुर्याउने तयारी भइरहेको बताउनुभएको छ ।

सिर्जनशील समाजको आयोजना तथा आयु सुपरस्पेशियालिटी क्लिनिक प्रा.लि.को सहयोगमा आज आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर तथा तीज कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिकले सहजै रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने कुरालाई ध्यानमा राखेर काम गरिरहेको बतउनुभयो । स्वास्थ्य क्षेत्रमा भएका समस्याहरु पहिचान गरिरहेको उल्लेख गर्दै उहाँले समस्या समाधानमा केन्द्रीत भएरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले मन्त्रालय सम्हालेको एक महिना भयो । यस समयमा मैले स्वास्थ्य क्षेत्रमा के के समस्या, विकृति तथा विसंगतीहरु रहेको छन् ? भन्ने कुराहरुको विस्तृतमा अध्ययन गरिरहेको छु । त्यसको समाधानका उपायहरु समेत पहिचान गर्दैछु । सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउन सकेका छैनौं । कतिपय अस्पतालमा मेडिकल समाग्रीहरु भरपर्दो रुपमा उपलब्ध गराउन सकेका छैनौं । जसका काराण स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन गर्न सकेका छैनौं । यसै क्रममा सरकारले एक लाखसम्मको स्वास्थ्य विमाको व्यवस्था गरेको छ । अझ त्यसमा बढाएर पाँच लाख पुर्याउनुपर्छ भन्नेमा हामी लागिरहेका छौं । केहिदिन अघिमात्र संघीय स्वास्थ्इ मन्त्रीको अध्यक्षतामा सातैवटा प्रदेशका स्वास्थ्यमन्त्री सहितको बैठक बसी त्यो एक लाखलाई कसरी पाँच लाख बनाउन सकिन्छ ? स्रोत व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा व्यापक छलफल गरेका छौं । तसर्थः अब छिट्टै स्रोतको व्यवस्थापन गरी पाँच लाखसम्मको स्वास्थ्य विमा मिलाउँदैछौं ।’

बागमती प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अगाडी बढाइरहेको उल्लेख गर्दै उहाँले क्यान्सर, मुटु लगायतका नसर्ने रोगहरुको उपचार निशुल्क गर्ने भनि सम्झौता भइसहेको जानकारी गराउनुभयो । आफ्नो स्वास्थ्यलाई वर्षमा एक पटक भए पनि परिक्षण गनर््ुपर्ने धारणा राख्दै उहाँले जनघनत्वको हिसावले भक्तपुरको सूर्यविनायक नगरपालिका अत्याधिक बढिरहेकाले स्वास्थ्य क्षेत्रमा अझ बढी ध्यान दिनुपर्ने बताउनुभयो । ‘सूर्यविनायक नगरपालिका क्षेत्रको २०६८ सालको तथ्याङ्क अनुसार ७८ हजारमात्र जनसंख्या भएकोमा २०७८ को तथ्याङ्क हेर्दा करिव १ लाख ४० हजारभन्दा बढी जनघनत्व पुगेको छ ।’ उहाँले भन्नुभयो ।

समाजका अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा भएको कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । जसको व्यवस्थापकीय पक्ष आयु सुपरस्पेशियालिटीले गरेको छ । त्यस्तै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।