काठमाडौँ, ८ भदौ । सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागू गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो । अर्थ मन्त्रालयबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्