समाचार

कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु



काठमाडौँ, १० भदौ । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । 

जिल्ला प्रहरीले कार्यलय पाल्पाका अनुसार तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा ग्रो हो । तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट तल खसेकाे थियो । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।