विश्व

पाकिस्तानमा २४ घण्टामा ३९ जनाको हत्या



एजेन्सी, ११ भदौ । पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

बलुचिस्तानको कलात जिल्लामा ५ प्रहरीसहित ११ जनाको हत्या भएको छ । बलुचिस्तानको मुसाखेल जिल्लामा बन्धुकधारीले २२ जनाको हत्या गरेका छन् । गाडीमा सवार उनीहरुको गाडीबाट उतारेर हत्या भएको बीबीसीले जनाएको छ ।

यात्रुसँगै बन्दुकधारीले प्रहरी चौकी, सुरक्षा निकायको शिविर र केही सरकारी निकायमा आक्रमण गरेका हुन् ।