काठमाडौँ, ११ भदौ । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ ।
ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ । विश्वस्त स्रोतका अनुसार ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ । मृतकको नाम मुना पाण्डे भएकाे बताइएकाे छ ।
सोमबार अपराह्न यो हत्या भएकोे अनुमान गरिएको छ । मृतकको नेपालमा रहेकी आमा र परिवारलाइ खबर भैसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्