काठमाण्डौ,११ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
अब माफियाभन्दा जनता बलियो भइसकेकाले यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्ट्रममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि २२ अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको केसले भन्छ भने अब माफियाभन्दा जनता बलियो भइसकेका छन् । त्यसैले अब यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ । प्रतिपक्ष प्रतिबद्ध छ र जनता जागृत छ । अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ,ु उनले भने ।
अध्यक्ष प्रचण्डले आफ्नो खबरदारीलाई कर्मकाण्ड नसम्झन पनि आग्रह गरे । ुसरकारलाई मेरो विनम्र आग्रह छ, यो खबरदारीलाई कर्मकाण्ड नसम्झनुहोला । यही खबरदारी हामी सडकमा पनि गर्दैछौँ । सरकारका प्राथमिकताहरू विवेक होइन, अहङ्कार, इगो र स्वार्थसमूहको प्रभावले तय भइरहेका छन्, जनतासँग क्षमायाचनासहित सच्याउनोस् उनले भने ।
अध्यक्ष प्रचण्डले सरकारले गर्न खोजेका अनुचित काम रोक्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । विद्युत् प्राधिकरणमा जे गर्न खोज्नुभयो र जे गर्दै हुनुहुन्छ, भुटानी शरणार्थी काण्डलाई जता पुर्याउन र इमानदार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, त्यो नगर्नोस्,ु उनले भने, ुगिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरूमा रफु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैँ प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड मानव तस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिनोस् र सच्चिनोस् ।










प्रतिक्रिया दिनुहोस्