काठमाडौँ, १४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले पार्टीमा राखेको लिखित प्रस्तावलाई सहज रूपमा लिएको बताएका छन् ।
प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र आफूले सहज रूपमा लिएको प्रचण्डको भनाइ छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले पार्टी फुटको चर्चा खारेज भइसकेको बताए ।
प्रचण्डले भने, ‘प्रभाकरजी यहीँ हुनुहुन्छ, उहाँ आफैँले यो मेरो फरक प्रस्ताव होइन, अरू साथीहरूले मौखिक राख्नुभयो, मैले लिखित राखेको हुँ, भोलि केन्द्रीय समितिको बैठकमा यसलाई आत्मसात् गरेर लिएपछि मेरो पनि आत्मसात् गरियो भन्ने हुन्छ भनेर भन्नुभयो ।’
शर्माको प्रस्ताव पार्टी बनाउने चिन्ताका साथ आएको र ती विषयहरूलाई नै समेटेर दस्ताबेज बनाइने प्रचण्डको भनाइ छ । नेतृत्व हस्तान्तरणको विषयमा प्रचण्डले राम्रो टिम बनेको खण्डमा आफैँ फरक भूमिकामा रहने प्रस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्