काठमाडौँ, १४ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले नीति निर्माण गर्दा भुइँमान्छेका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले मन्त्रालयको अबको कार्यदिशा रुपान्तरणकारी र उपलव्धिपूर्ण हुने प्रतिवद्धता जनाए । गन्तव्य मुलुकको आर्थिक उन्नतीमा प्रत्यक्ष योगदान गरेको श्रमिकको हक हितलाई गन्तव्य मुलुकले समेत ध्यान दिनुपर्ने बताए ।
उनले भने ‘नेपालमा होस् या विदेशमा होस्, जहाँ भएपनि नेपालीले न्यूनतम अन्तर्राष्ट्रिय मानवअधिकार प्राप्त गर्नुपर्छ । त्यसका लागि नेपालको न्यूनतम मापदण्ड हुनुपर्छ,’ । विभिन्न कानुनी समस्याहरु रहे पनि नेपालीहरू अनाधिकृत रूपमा बसोबास गर्न नहुनेमा उनको जोड छ ।
यसका लागि नेपाल सरकारले श्रम स्वीकृतिलाई अभियानकै रुपमा अघि बढाएको बताए । कुनै कानुन नेपालीको हक र अधिकार प्राप्तिमा बाधक भएमा त्यस्ता कानुनहरु परिमार्जनमा मन्त्रालयले ध्यान दिने बताए ।
प्रतिक्रिया दिनुहोस्