काठमाडौँ, १५ भदौ । कोशी गाउँपालिका–४ मा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसर माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका १८ वर्षीय अक्रम मियाँको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्