काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी व्यवस्थापन रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्क्ति भूमिका निर्वाह गरेको बताएका छन् ।
३२ औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका हुन् ।
उनले भने, ‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ ।
प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा पनि प्रहरी बलले अग्रणी भूमिका खेलेको प्रमुख शाहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्