Uncategorized

काभ्रेमा फैलिँदै डेंगु



काठमाडौँ, १५ भदौ । डेढ महिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको छ ।

शुक्रबार एकै दिन छ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।  पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक/एक पुरुषमा डेंग सङ्क्रमण देखिएको हो ।

गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेंग सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २७ पुरुष र ३० महिला छन् । बनेपा, पनौती र धुलिखेल नगरमा बढी सङ्क्रमित छन् । बनेपा र पनौतीमा १३/१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन/तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई/दुई र तेमाल गाउँपालिकामा एक डेंगु सङ्क्रमित रहेका छन् ।