काठमाडौँ, १७ भदौ । गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा प्रहरीले खानतलासी गरेको छ ।
पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले बताए । पोखराबाट आएका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको छ । उनीहरूलाई सोधपुछ गरेर ‘बयान कागज’ गरिएको छ ।
पूर्वगृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर थिए । सहकारीको रकम अवैध तवरले गोरखा मिडियामा लगानी गरेको भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्