मनोरञ्जन

चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष डीसीद्वारा पदभार ग्रहण



काठमाडौँ, १७ भदौ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले पदभार ग्रहण गरेका छन् । 

उनले आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र लिएसँगै आज बोर्डको कार्यालयमा पुगेर विधिवत भदभार ग्रहण गरेर काम थालेका हुन् । 

मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए । उनले भने, ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै चलचित्र निर्देशन, निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिं म काम गर्न आएको छु । यसपटक मेरो एउटै स्टेटमेन्ट, म जागिर खान हैन, काम गर्न आएको हो ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।