मनोरञ्जन

विष्णु माझीको तिज गीत करोड क्लबमा 



काठमाडौँ, १७ भदौ । गायिका विष्णु माझीको तिज गीत ‘आइन आमा यो तिजमा’ करोड क्लबमा प्रवेश गरेको छ ।

युट्युबमा रिलिज भएको नौ दिनमा यो गीत एक करोड पटक हेरिएको हो । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत छ । 

गीतको भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंले गरेका हुन् । कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।