समाचार

डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो



काठमाडौँ, १८ भदौ । यो वर्ष (सन् २०२४) जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये चार हजार ७७ जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको तुलनामा तेब्बरभन्दा बढी हो ।