Banner News

गायिका विष्णु माझीलाई सार्वजनिक गर्न सांसद भण्डारीको माग



काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । 

आज प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले माझीको पछिल्लो गीत ‘आइनँ आमा ओई’को प्रशंसा गर्दै नेपाली समाज र संस्कृति झल्कने उनको गीतले नेपालीको मन छोएको बताए ।

उनले भने, “विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । म जहाँसुकै जान्छु, त्यो देख्छु, यति राम्रो गीत गाउने त्यो स्वर, व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ,” । 

उनले थपे, “कुनै उपाय छ, कुनै धारणा छ, मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।”