राजनीति

प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना



काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ ।

तीजको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बाल्यकालको स्मरण गर्नुभयो । सोही क्रममा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा तीजको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खूब मन पर्थ्यो। यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं । दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वस्थ्य राम्रो रहोस्, तीजको शुभकामना ११’