काठमाडौँ, २१ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको नेपाली कांग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा १० जनालाई सदस्यमा मनोनयन गरेका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान बमोजिम भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक), रमा ढकाल (काठमाडौँ), उदयबहादुर लिम्बू (धनकुटा) ,उपेन्द्र खडायत (कञ्चनपुर) लाई सदस्यमा मनोनयन गरेका हुन् ।
त्यसैगरी लोचन भट्टराई (नुवाकोट),नरविर राउत (जुम्ला),देवा डाँगी (दाङ) ,सूचि कुमाल गोरखा, जितेन्द्रप्रसाद चौधरी (बारा) र लक्ष्मण विश्वकर्मालाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्