अर्थ

ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई ऊर्जामन्त्रीको आग्रह



काठमाडौँ, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले अहिले दुई ठूला राजनीतिक दलहरूको सरकार रहेको भन्दै नागरिकहरूले पनि विश्वासका साथ लिइरहेको उल्लेख गरे ।

अहिलेको सकरकारलाई आर्थिक हिसाबले देशलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । धेरै कम्पनीलाई एकै ठाउँ राखेर देशको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे ।

देशको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए । सरकारको सोही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने उल्लेख गरे ।