समाचार

कोटेश्वरबाट लागुऔषधसहित युवक पक्राउ



काठमाडौँ, २२ भदौ । काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको महेनद्रनगर कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवक छन् ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पक्राउ परेका युवकको साथबाट ५ किलो पोलाइन्ड नामक लागूपदार्थ बरामद गरिएको जानकारी दिए । ती युवकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको पनि डिएसपी थाापाले जानकारी दिए।