समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, २२ भदौ । कैलालीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । चौधरीलाई तत्काल उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।