मनोरञ्जन

मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क उपचार गर्ने



काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा लन्जेभिटी हेल्थ होमका सिइयो कृष्ण शाहीले उक्त घोषणा गरेका हुन् । चलचित्र निर्देशक समाज र लन्जेभिटी हेल्थ होमको संयुक्त आयोजना रहेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा सिइयो शाहीले सबै चलचित्रकर्मीलाई लन्जेभिटी हेल्थ होमले सबै किसिमको स्वास्थ्य परिक्षणमा सधैँ निः शुल्क र औषधिमा २० प्रतिशत छुट दिने बताए ।

कार्यक्रममा वरिष्ठ अभिनेता श्रेष्ठले आफ्नो उपचार निःशुल्क घोषणा गरेकामा लन्जेभिटी हेल्थ होम प्रति आभार व्यक्त गरे । आफू लामो समयदेखि बिमारी रहेकोले आफ्नो पूर्ण उपचार हुन नसके पनि मृत्युलाई केही समय पर धकेल्न उपचारबाट सम्भव हुने उनको धारणा रहेको थियो । श्रेष्ठले लन्जेभिटी हेल्थ होमले कलाकारलाई दिएको यो सुविधाको सबैले लाभ उठाउनुपर्ने बताए ।