राजनीति

बम विस्फोटबाट घाइते भएकाहरूको उपचार सरकारले गर्ने



काठमाडौँ, २३ भदौ । पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनपुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

घटनामा  घाइते भएका चार जना बालबालिकामध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीय प्रिन्सा साँवाको मृत्यु भइसकेको छ ।  उनीहरू दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।