काठमाडौँ, २४ भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् ।
गृहमन्त्री लेखकले सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर सुझाव लिएका हुन् । विधेयकको मस्यौदाबारे आइतबार दिउँसो सुरक्षा अधिकारीसँग गरेपछि गृहमन्त्री लेखकले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका थिए ।
प्रहरी ऐन संशोधनका लागि बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो ।
बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधन गर्ने विधेयकमा सकारात्मक र परिणाममूखि छलफल भएको गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस्